१८ आश्विन २०८३, आइतबार 10:18 am
अर्थ

२४ घण्टामा ६४७ जना चालक ट्राफिक कारबाहीमा

काठमाडौं : ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६४७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८७, सिसिटिभिमार्फत ४६, रातोबत्तीमा २३ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १३२, हर्न निषेधमा ७, लेन क्रसमा ५, अवस्था ठिक नभएको २५, एकतर्फीमा ८ र अन्यमा ३२२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।