काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा इलामका डम्बरबहादुर खड्काले कोशी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
इलाम कांग्रेसका जिल्ला सभापतिसमेत रहेका खड्का सामाजिक सेवामा सक्रिय छन् । देशमा आपत् तथा विपद् पर्दा अग्रसर हुने र दुःखमा परेका नागरिकलाई सहयोग गर्दै आएका खड्काले भूकम्प तथा कोरोना महामारीका समयमा पनि सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
खड्काले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारासहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसको महाधिवेशन आइतबारदेखि राजधानीमा सुरु भएको छ । यस्तै उम्मेदवारी दर्ताको समय मंगलबारका लागि तोकिएको छ ।

