१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:04 am
समाचार

तेजुलाल चौधरीले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने

सूचना प्रेस २०८३ आश्विन १९ सोमबार ००:००, १३:५३ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तेजुलाल चौधरीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । चौधरीले थारु क्लस्टरतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका हुन् ।

‘इमानदार, निष्ठावान्, नेतृत्व विकासप्रेमी र भ्रष्टाचारविरोधी’ नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहने उनले बताए । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत  मंगलबार मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।