काठमाडौंः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा ९२ जनाले उम्मेदवारी दिएका छन्। मनोनयन दर्ता सम्पन्न भएपछि निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो।

प्रथम नामावलीअनुसार खुला केन्द्रीय सदस्यमा अनिल कृष्ण प्रसाई, ई. अमृत जवाली, अर्जुन प्रसाद जोशी, अष्ट कुमार कवे, इन्द्रबहादुर बानियाँ, ईच्छुक राम राना, उज्वल प्रसाद बराल, उत्तम जोशी र ई. ऋषि कोइरालाले उम्मेदवारी दिएका छन्। त्यस्तै ऋषि प्रसाद शर्मा, कविता तिवारी (गैह्रे), कवि राणा, किरण किशोर घिमिरे, किरण केसी, किशोर दत्त बराल, कुमार लुइटेल, डा. कृष्ण प्रसाद पौडेल र कृष्ण रिजाल उम्मेदवार छन्।
केशव थापा, केशव बहादुर चन्द, केशव राज शर्मा आचार्य, खडकबहादुर बुढा, खेमराज ओली, खेलराज पाण्डेय, गणेश लामा, गोरख बहादुर बिष्ट (आनन्द) र प्रा.डा. गोविन्दराज पोखरेलले पनि उम्मेदवारी दिएका छन्। गोविन्द बहादुर शाह (शम्भु), चिरञ्जीवी थापा, चिरिबाबु महर्जन, छत्र बहादुर गिरी, जगत प्रसाद जोशी, जन्मजय तिमिल्सिना, जितनारायण श्रेष्ठ, डा. जितेन्द्र उपाध्याय र टेकराज पौडेल उम्मेदवार बनेका छन्।
तिलक बहादुर रानाभाट, तुलसि नारायण श्रेष्ठ, दिनेश सुनार, ई. दिपक बाबु कँडेल, दिपक भट्टराई, दिलमान सिंह चन्द, दिलिप कुमार ढुंगाना, दोर्ण कुमार कुँवर र धर्मराज गौतमले उम्मेदवारी दिएका छन्। नरेन्द्र कुमार केरुङ, नवराज त्रिपाठी, निलकण्ठ रिजाल, निश्चल राई, पुष्प राज भट्ट, पुष्पबहादुर शाह, प्रकाश सिंह कार्की, प्रदिप कुमार सुनुवार र प्रभात मणी ओझा (प्रविण) उम्मेदवार छन्।
प्रमोदहरि गुरागाई, प्रविन थापा, प्रविण कुमार सिंह, बलदेव तिमिल्सिना, बीर मणी ढकाल, भरत कुमार शाह, भिम प्रसाद ढुंगाना, भिम सिह गुरुङ (भिम दाई) र मदन कृष्ण श्रेष्ठले पनि उम्मेदवारी दिएका छन्। मथुरा प्रसाद घिमिरे, महेन्द्र कुमार श्रेष्ठ, महेश खरेल, मिन कृष्ण महर्जन, डा. मुकेशराज काफ्ले, डा. मुक्तिराम श्रेष्ठ, मुरारी प्रसाद आचार्य, ई. मोहन आचार्य र युवराज पाण्डेय उम्मेदवार छन्।
रमेश रामाझी, रवि सिंह, राजिव कोइराला, राजेन्द्र खत्री केसी, राधाकृष्ण भण्डारी (राधे), लक्ष्मि नारायण शाह, लेखनाथ पोखरेल, विद्ववान गुरुङ र विष्णु कुमार कार्कीले उम्मेदवारी दिएका छन्। डा. शोभाकर पराजुली, श्याम कुमार घिमिरे, सकल देव सतिहार, सचित शर्मा, सन्तोष सुब्बा, सन्दिप राना, सुधान्सु कोइराला, डा. सुरज राज काफ्ले, सुरेश सुवेदी, हरि प्रसाद आचार्य र हिमाल दत्त श्रेष्ठ पनि खुला केन्द्रीय सदस्यका उम्मेदवार छन्। खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्। निर्वाचन समितिले दाबी विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरेपछि अन्तिम नामावली सार्वजनिक गर्नेछ। सोही नामावलीका आधारमा भाेलि मतदान हुनेछ।

