काठमाडौं । काठमाडौंको व्यस्त दैनिकीबाट केही समय विश्राम लिँदै शान्त र प्राकृतिक वातावरणमा रमाउन चाहनेहरूका लागि बुढानीलकण्ठस्थित पाँचतारे होटल लेमन ट्री प्रिमियर काठमाडौंले विशेष प्याकेज ल्याएको छ।

विद्युतीय सवारी प्रयोग गर्ने ग्राहकलाई लक्षित गर्दै होटलले निःशुल्क ‘विद्युतीय सवारी चार्जिङ प्याकेज’ सार्वजनिक गरेको हो। यस प्याकेजअन्तर्गत आरामदायी बसाइसँगै खानपान, स्वास्थ्य तथा मनोरञ्जनका विभिन्न सुविधा उपलब्ध गराइने होटलले जनाएको छ। प्याकेजअन्तर्गत दुई जनाको बसाइका लागि ११ हजार ९ सय ९९ रुपैयाँ र तीन जनाका लागि १२ हजार ९ सय ९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ। प्याकेजमा पाहुनालाई काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने एक्जुकेटिभ रुममा स्तरोन्नतिको सुविधा समेत उपलब्ध गराइनेछ। साथै, पाहुनाले आफ्नो रोजाइअनुसार शाकाहारी वा मांसाहारी थाली तथा बुफे ब्रेकफास्टको सुविधा पाउनेछन्।
त्यसैगरी, पाहुनाले सौना, स्टीम तथा जाकुजीमा ३० मिनेटको निःशुल्क सुविधा लिन सक्नेछन्। होटलको स्पा सेवामा १५ प्रतिशत तथा खाना र पेय पदार्थमा समेत १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
बुढानीलकण्ठको शान्त वातावरणमा आरामदायी बसाइ
काठमाडौंको केन्द्रबाट नजिकै रहेर पनि प्राकृतिक शान्त वातावरणको अनुभव गर्न सकिने बुढानीलकण्ठ पछिल्लो समय छोटो विश्राम, घुमफिर र पारिवारिक समय बिताउन चाहनेहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
हरियाली वातावरण, खुला स्थान र काठमाडौं उपत्यकाको मनोरम दृश्यका कारण बुढानीलकण्ठ काठमाडौंमै बसेर प्रकृतिसँग नजिक हुन चाहनेहरूका लागि विशेष गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। यही वातावरणको फाइदा उठाउँदै लेमन ट्री प्रिमियर काठमाडौंले आरामदायी बसाइसँगै खानपान, मनोरञ्जन र स्वास्थ्यसम्बन्धी सुविधालाई एउटै प्याकेजमा समेटेको हो।
लेमन ट्री प्रिमियर अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा स्थापित लेमन ट्री होटल्स समूहअन्तर्गतको ब्रान्ड हो। आधुनिक सुविधा, सहज आतिथ्य र पाहुनाको आरामलाई प्राथमिकता दिने पहिचान बनाएको यो ब्रान्डले नेपालमा पनि गुणस्तरीय होटल सेवामार्फत आफ्नो उपस्थिति विस्तार गरेको छ।
बुढानीलकण्ठमा रहेको लेमन ट्री प्रिमियर काठमाडौंको व्यस्त जीवनशैलीबाट केही समय विश्राम लिन चाहने, परिवारसँग गुणस्तरीय समय बिताउन खोज्ने वा दम्पतीका रूपमा शान्त वातावरणमा रमाउन चाहनेहरूका लागि उपयुक्त गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
विद्युतीय सवारी प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यो प्याकेजले बसाइ, खानपान, स्वास्थ्य, मनोरञ्जन र विद्युतीय सवारी चार्जिङको सुविधा एउटै प्याकेजमा उपलब्ध गराउने भएकाले काठमाडौंमै छोटो छुट्टी मनाउन चाहनेहरूका लागि आकर्षक विकल्प बन्न सक्ने देखिएको छ ।

