२६ भदौ २०८३, शुक्रबार 1789174782
Banner

अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार कट्यो

एजेन्सी । अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। स्थानीय अधिकारीहरूका अनुसार एक हजार ५०० भन्दा बढी घाइते भएका छन्।

तालिबान नेता हिब्तोल्लाहले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताए। निरन्तरको भारी वर्षाले उद्धारमा कठिनाइ भइरहेको बीबीसीले जनाएको छ। अफगानिस्तानमा बुधबार बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

खोस्ट शहरबाट २७ माइल टाढा गएको भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महशुस गरिएको थियो। भूकम्पले सयौँ घर भग्नावशेषमा परिणत भएका छन्।