पोखरा । कास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटना मृत्यु हुनेको संख्या ५ पुगेको छ।

पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त बसमा २१ जना थिए। उनीहरूमध्ये १९ जना विद्यार्थी थिए। उनीहरू परीक्षाको तयारीका निम्ति ट्युसन पढ्न जाँदै थिए। सबैजना कक्षा–१० का विद्यार्थी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले जानकारी दिए।
घाइतेमध्ये १५ जनाको उपचार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ। तीनजनाको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको छ। गण्डकी अस्पतालमा उपचारका निम्ति ल्याइएका पाँचजनाको मृत्यु भएको हो।

