२३ आश्विन २०८३, शुक्रबार 12:57 pm
अर्थ

२ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।

केही दिनदेखि भाउ घटे पनि आज भने सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य दुई लाख ९२ हजार आठ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन ४ हजार ३९० मा कारोबार भएको चाँदी आज आज ४ हजार ४०५ रुपैयाँ पुगेको छ ।