काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
उनले आफ्नो अभियानमा निरन्तर साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गरेका हुन्।
नेपाली कांग्रेसलाई बदल्ने र सुदृढ बनाउने सङ्कल्प कुनै पद वा निर्वाचनको परिणाममा मात्र सीमित नरहेको महरले स्पष्ट पारेका छन्। पार्टीको पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनका लागि आफ्नो यात्रा अविचलित रूपमा अघि बढ्ने उनको भनाइ छ।
नेपाली कांग्रेसलाई नयाँ सोच, असल राजनीतिक संस्कार, जिम्मेवार व्यवहार र परिणाममुखी कार्यशैलीका साथ अघि बढाउने सवालमा आफू सधैँ ऐक्यबद्ध रहने महरले बताएका छन्। महाधिवेशनका क्रममा प्राप्त विश्वास, माया र सद्भावलाई आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण ऊर्जा र जिम्मेवारीका रूपमा लिएको उनले उल्लेख गरेका छन्।
राजनीतिक प्रतिस्पर्धालाई लोकतान्त्रिक यात्राको एउटा चरण मात्र मान्दै उनले विचार, मूल्य, निष्ठा र परिवर्तनप्रतिको प्रतिबद्धता नै राजनीतिक यात्राको स्थायी आधार भएको धारणा राखेका छन्।
समाज परिवर्तनका लागि पहिले राजनीति बदलिनुपर्ने र त्यसका लागि नेतृत्वको चाल, चरित्र र चेहरामा सकारात्मक रूपान्तरण आउनुपर्ने महरको तर्क छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजनीतिक प्रतिबद्धता सार्वजनिक गर्दै उनले भनेका छन्, ‘चालमा इमानदारी, चरित्रमा निष्ठा र चेहरामा विश्वास हुनुपर्छ। विचारमा नवीनता, व्यवहारमा शालीनता र कर्ममा परिणाम देखिनुपर्छ।’
नेपाली कांग्रेसलाई समयानुकूल, विचारप्रधान, जनताप्रति उत्तरदायी र नतिजामुखी पार्टी बनाउने अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता महरले जनाएका छन्। पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संस्थागत सुदृढीकरण, आपसी सहकार्य र सकारात्मक परिवर्तनका पक्षमा आफ्नो भूमिका अझ जिम्मेवार ढङ्गले अघि बढ्ने उनले स्पष्ट पारेका छन्।
महाधिवेशनको प्रतिस्पर्धालाई व्यक्तिगत जित-हारभन्दा माथि उठाउँदै महरले यसलाई पार्टी रूपान्तरणको बृहत्तर यात्रासँग जोड्ने प्रयास गरेका छन्। नेतृत्वमा आउने परिवर्तनलाई संगठन, कार्यशैली र राजनीतिक संस्कारमा देखिने रूपान्तरणसँग जोड्नुपर्ने उनको दृष्टिकोण छ।
आफ्नो अभियानको लक्ष्यबारे स्पष्ट पार्दै उनले भनेका छन्, ‘सकारात्मक परिवर्तनको यात्रा कुनै पद, प्रतिस्पर्धा वा परिणाममा रोकिने छैन। कांग्रेसको पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनले सार्थक गन्तव्य प्राप्त नगरेसम्म मेरो अभियान अथक, अविचल र निरन्तर अघि बढिरहनेछ।’
आफ्नो राजनीतिक यात्राको मूल मर्म विगत, वर्तमान र भविष्यमा पनि सकारात्मक परिवर्तन नै रहने उल्लेख गर्दै उनले नयाँ आशा र सम्भावनाका साथ अघि बढ्ने सन्देश दिएका छन्। पद एउटा अवसर भए पनि परिवर्तन जीवनभरको प्रतिबद्धता हो भन्ने मान्यताका साथ महरले कांग्रेसको उज्ज्वल भविष्य र उच्च राजनीतिक संस्कार निर्माणका लागि सहकार्यको ढोका सधैँ खुला रहने बताएका छन्।