२६ आश्विन २०८३, सोमबार 6:37 pm
Banner

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको हो ।

पौडेललाई हृदयघात भएको आशंका गरिएको छ । नैकापस्थित निवासमै रहेका बेला असहज महसुस भएपछि उनलाई नजिकैको बर्न अस्पताल लगिएको थियो । तर अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको पारिवारिक श्रोतले जनाएको छ ।

विजय पुराना कम्युनिष्ट नेता मोदनाथ प्रश्रितका एकमात्र छोरा हुन् । उनका श्रीमती र दुई छोराछोरी छन् ।