काठमाडौँ : संसदीय सुनुवाइ समितिले साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गर्न अस्वीकार गर्ने भएको छ । साउदीका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम समितिले अस्वीकार गर्ने तयारी गरेको हो ।
सुनुवाइ सकेर समितिको बैठक निर्णयका लागि सिंहदरबारमा बसिरहेको छ । सुनार र खरेलको नाम अस्वीकृत गर्नेबारे समितिमा सर्वसम्मत जस्तै भएको छ भने जापानका लागि प्रस्तावित जिज्ञान थापाका बारेमा छलफल चलिरहेको छ ।

