३० आश्विन २०८३, शुक्रबार 8:23 pm
Banner

नेपालका लागि भारतको राजदूतमा सुधाकर दलेला नियुक्त

ठमाडौं । भारतले नेपालका लागि राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनी नियुक्त भएकोबारे औपचारिक जानकारी गराएको हो ।

उनले छिट्टै जिम्मेवारी सम्हाल्ने भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दलेलासँग व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा अनुभव छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका छन् ।