काठमाडौंः नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाले आज शपथग्रहण गर्ने भएका छन्। शपथग्रहण गरेसँगै उनले आजै पदबहाली गर्नेछन्।

दसैँको फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ।
कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका लागि कार्यक्रम तय गरिएको हो। शपथग्रहण तथा पदवहाली समारोहमा सहभागी हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ भने दसैँंपछि गर्ने कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसको महाधिवेशनबाट २३१ सदस्यीय समिति निर्वाचित भएको छ।

