१ कार्तिक २०८३, शनिबार 2:45 pm
Banner

जाजरकोटमा अटो दुघर्टना हुँदा २ जनाको मृत्यु

जाजरकोट : जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीबजारबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ह ०५२९ नम्बरको अटो भेरी करिडोर सडकअन्तर्गत नलगाड–८ मालुवास्थित सडक खण्डमा शनिवार दिउँसो दुर्घटना भएको हो।

दुर्घटनामा परि नलगाड नगरपालिका–९ का १७ वर्षीय सन्तोष विक र सोही ठाउँका ५५ वर्षीय रमेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख बुद्धिसागर पुरीका अनुसार अटो दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरूलाई नगर अस्पताल दल्ली पुर्‍याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा परि नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड नगरपालिका–३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११ चौर निवासी २२ वर्षका करण परियार घाइते भएका छन्।