११ श्रावण २०८३, सोमबार 1785150684
Banner

पर्यटन मन्त्री प्रेम आलेलाई मन्त्रीको हैसियतमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मन्त्री जस्तो पदमा बसेको व्यक्तिले अश्लील गाली गरेको भन्दै उनलाई मन्त्रीको हैसियतमा काम गर्नबाट रोक लगाउन माग गर्दै अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका हुन् । शुक्रबारका लागि पहिलो पेसी तोकिएको छ । 

रिटमा वायुसेवा निगमका तत्कालीन अध्यक्ष युवराज अधिकारीलाई मन्त्री आलेले अश्लील गाली गरेको भन्दै अधिकारीलाई क्षतिपूर्ति दिलाउन माग गरिएको छ । यस्तै अधिकारीभन्दा पहिला मन्त्री आलेले भारमा बस्ने एक नेपाली युवकलाई फोनमा गरेको गालीको विषयमा पनि क्षतिपूर्ति दिलाउन माग गरिएको छ । 

यस्तै यस्ता निर्लज्ज व्यक्ति भविष्यमा राजनीतिमा आउन नहुने भन्दै आलेलाई चुनावमा उम्मेदवार बन्न प्रतिबन्ध लगाउनसमेत माग गरिएको छ । 

अधिवक्ता द्वयले यसअघि सर्वोच्चमा रिट लिएर पुग्दा दरपिठ गरिएको थियो । तर, सो परपिठ खारेज भएपछि रिट बिहीबार दर्ता भएको हो ।