काठमाडौं : कैलालीको बर्दगोरिया गाउँपालिकास्थित एक विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सुविधा लिएको आरोपमा अख्तियारले बर्दगोरिया– ४ स्थित जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता (शिक्षक) हरिराम चौधरी भन्ने हरिराम डंगौरा थारुविरुद्ध मुद्दा दायर गरेको हो।
थारूले मालिका माध्यमिक विद्यालय, चौमाला, कैलालीबाट एसएलसी उत्तीर्ण गरेको भनी मार्कसिट र क्यारेक्टर सर्टिफिकेटसहितको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सुविधा लिएको अख्तियारको ठहर छ।

