काठमाडौं । सर्लाही हरिवनका रविन कुमार मैनाली आफुले थाहा पाउँदासम्म स्वस्थ्य बोली व्यवहार भएका थिए । गाउँकै अगुवा हजुरबुवाले खोलेको स्कुलमा उनी पहिलो ब्याजका बिद्यार्थी थिए । हजुरबुबाले खोलेको स्कुलमा कक्षा ५ सम्म पढाई हुन्थ्यो । घरै छेउको स्कुल त्यसमाथि आफ्नै भन्ने थाहा पाएका उनी त्यस समय पुल्पुल्लिएका विद्यार्थी थिए । आफुसँगै अध्ययन गर्ने अर्का एक विद्यार्थीको बोलीमा समस्या थियो ।
सूचनाप्रेसको कार्यालय अनामनगरमा शुक्रबार गफिएका उनले आफ्नो अतित सुनाउँदै गए । रविनका अनुसार उनी सात बर्षको हुँदा उनका साथी भकभक गरेर बोल्ने स्वभावका थिए । बोली स्पष्ट भएका रविनले साथीलाई खुब जिस्क्याए । भकभक गरेर बोल्ने साथीले त्यस बखत उच्चारण गरेका शब्द उनी पटक पटक दोहोरयाउँदै जिस्काएको उनले संझिए । हिजो उनले जिस्क्याएका साथीको स्वरमा समस्या छैन तर रविनको स्वरमा अझै सुधार आउन सकेको छैन । रविन अहिले आफु जस्तै स्वरमा समस्या हुने हरुका लागि काम गरिरहेका छन् । नेपाल भकभक संघका अध्यक्ष रविन आफुजस्तै अपांङ्गहरुको हक हितका लागि आवाज उठाईरहेका छन् । साथीलाई जिस्क्याउँदा आफुले भोग्नु परेको पिडा अरुले भोग्नु नपरोस भन्नका लागि उनी सचेतना अभियान फैल्याउँदै हिडेका छन् । चलचित्रमा देखाइने भकभकेको दृष्य, हाँसोका रुपमा लिइने अपाङ्ग पात्र फिल्ममा समावेश गर्न नहुने उनको तर्क छ । बालमष्तिष्कमा अरुको नक्कल गर्दा आफ्नो भविष्य नै अन्धकार भएको बताउने रविन आगामी पुस्ताले यस्तो भोग्न नपरोस भनेर सपांङ्गले अपाङ्ग व्यक्तिको क्यारिकेचर गर्न हुँदैन भन्छन् । भकभके बोली भएकै कारण राज्यका निकायमा रोजगारीको अवसरबाट बन्चित हुनुपरेको उनको तर्क छ । अझ यस्ता समस्या भएका महिला दिदीबहिनीको संख्या झनै ठुलो भएको उनले बताए । बंशानुगत र क्यारिकेचरले बढ्दै गएका यस्तो समस्यालाई राज्यले विशेष ध्यान दिनुपर्ने माग छ ।
भिडियो