१६ असार २०८३, मंगलबार 1782841342
Banner

तुलसीपुर उपमहानगरद्वारा एक अर्ब ८६ करोडको बजेट प्रस्तुत

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । उपमहानगर उपप्रमुख स्यानी चौधरीले रु एक अर्ब ८६ करोड ४७ लाख ७९ हजारको अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो ।

आन्तरिक स्रोतबाट रु ३० करोड १२ लाख, स्थानीय तह राजस्व बाँडफाँट मालपोत रजिस्ट्रेसनबाट रु १० करोड, बैङ्क मौज्दात रु चार करोड ५० लाख गरी कूल आन्तरिक आम्दानी रु ४४ करोड ६२ लाख अनुमान गरिएको छ ।

त्यस्तै सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान रु ३३ करोड ६२ लाख, सशर्त अनुदान रु ६२ करोड ९१ लाख, समपूरक अनुदान रु एक करोड ६० लाख, विशेष अनुदान रु एक करोड ३० लाख र राजस्व बाँडफाँट रकम रु २३ करोड ५५ लाख तीन हजार रहेको उपप्रमुख चौधरीले जानकारी दिनुभयो ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु एक करोड ५६ लाख, सशर्त अनुदान रु एक करोड ६० लाख, समपूरक अनुदान रु तीन करोड, विशेष अनुदान रु ८० लाख र राजस्व बाँडफाँट रु तीन करोड ३१ लाख ७६ हजार र अन्य सङ्घसंस्था अनुदानमा नगर विकास कोष ऋण रु सात करोड, युनिसेफ अनुदान रु ६० लाख र सडक बोर्ड नेपाल रु एक करोड प्राप्त हुने अनुमान गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख टीकाराम खड्काले प्रस्तुत बजेटलाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । उहाँले सबैको साथ र सहयोगले मात्र आफूहरूले बजेट कार्यान्वयन गर्न सक्ने समेत बताउनुभयो ।