७ जेष्ठ २०८३, बिहिबार 1779369960
Banner

प्रतिनिधि सभाको बैठक १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक सुरु हुनेछ ।संसद् सचिवालयले आजको बैठकमा विभिन्न प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको शुरूमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लोक सेवा आयोगको बैसठ्ठी औं वार्षिक प्रतिवेदन (२०७७ साउन – २०७८ असार)’ पेस गर्नेछन् ।

प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

‘लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।