४ आश्विन २०८१, शुक्रबार 1726820741
Banner

पोखरामा बाटो भासिदा घरमा क्षति

काठमाडौं। निरन्तर वर्षाको कारण पोखरामा बाटोसहित घर भासिएको छ । पोखरा महानगरपालिका–४ मा रोडसहित भासिएको हो ।

पोखरास्थित फिर्केखोला नजिकै बुढानिलकण्ठ किरियाकर्म अगाडीको सडक १५ मिटर भासिएको हो ।

बाटो वारि र पारि गरेर पुर्णरुपमा भासिएको जनाईएको छ । घरको बाहिरी भाग केही भएको छैन् भने भित्री कोठा भने भासिएर पुर्ण क्षति पुगेको छ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।

केही वर्ष यता पोखराका विभिन्न स्थानमा सडक भासिएर प्वाल पर्दै आएको छ।