४ आश्विन २०८१, शुक्रबार 1726821248
Banner

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि घट्यो (सूचीसहित)

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पनि घटाएको छ। विभागले आज आइतबारदेखि नै लागू हुने गरी यात्रुवाहक सवारीसाधनको भाडा ५ दशमलव ४१ प्रतिशतले घटाएको हो।

विभागका अनुसार यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाइएको छ ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा क्रमश: प्रतिलिटर २० र २९ रुपैयाँ घटाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि घटेको हो।

नयाँ मूल्यअनुसार अब पेट्रोल १७९ रुपैयाँ लिटर र डिजेल १६३ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

कहाँको कति भाडा ? सूचीसहित