२५ कार्तिक २०८१, आइतबार 1731252720
Banner

आँशु झार्दै विदा भईन मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री आँशु झारर्दै विदा हुनुभएको छ । बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेपछि उहाँले मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा आफूले गरेका कार्यको बारेमा जानकारी गराउँदै पटक पटक टिल्पिलिएका आँखाबाट आँसु खसेको देखिन्थ्यो ।

नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णयको शुरुमा अटेर गरेपनि पछि उहाँले राजिनामा दिनुभएको थियो ।

कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा मन्त्री झाँक्री भने भावुक बन्नुभएको थियो ।