३ भदौ २०८३, बुधबार 1787168025
Banner

कोटेश्वरमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

सोमबार राति काठमाडौंको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिएको हो। मृत्यु हुनेमा ५२ वर्षीय देवकुमार सेन छन्। स्याङ्जाका सेनको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

हायसले पैदलयात्रुलाई बचाउन खोजे पनि ठक्कर दिन पुगेको घटनास्थलमा पुगेका एक प्रहरीले बताए।