१ मंसिर २०८१, शनिबार 1731737892
राजनीति

गायिका दिलमाया सुनारको हत्यारालाई कडा कारबाही गर्न अनेमसंघको माग

काठमाडौं । नेपालटारस्थित आफ्नै डेरामा मृत भेटिएकी गायिका दिलमाया सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न अखिल नेपाल महिला संघले माग गरेको छ ।

अनेमसंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ,‘देशभरी भइरहेका बलात्कार लगायत विभिन्न महिला विरुद्ध हिंसाको अन्त्य गर्न पनि सरकार लगायत सरोकारवाला निकायसंग माग गर्दछ ।’ गायिका सुनार शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृत भेटिएकी थिइन् ।