काठमाडौँ : देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १६२ जना घाइते भएका छन् ।
मंगलबार (कात्तिक १०) नेपाल प्रहरीले सोमबार (कात्तिक ९) सुरु भएदेखि मध्यराति १२ बजेसम्म भएका सवारी दुर्घटनामा उक्त हताहती भएको विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणअनुसार इलाम, सप्तरी, सिरहा, सिन्धुली, गुल्मी र पाल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको हो ।
साथै, कोशीमा ४९, मधेशमा २१, काठमाडौं उपत्यकामा १२, बागमतीमा ६, गण्डकीमा १२, लुम्बिनीमा ४१, कर्णालीमा १२ र सुदूरपश्चिम प्रदेशमा ९ गरी १६२ जना पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा घाइते भएका प्रहरीको विवरणमा उल्लेख छ ।
घाइतेहरूको स्वास्थ्य अवस्था र उपचारका विषय विवरणमा खुलाइएको छैन ।

