१७ बैशाख २०८३, बिहिबार 1777612076
Banner

पत्नी वियोगमा रहनुभएका विजुक्छेँलाई अध्यक्ष ओलीद्धारा समवेदना व्यक्त

काठमाडौं । पत्नी वियोगमा रहनुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँलाई भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समवेदना व्यक्त गर्नुभएको छ ।

एमाले अध्यक्ष ओली पत्नी राधिका, पार्टी उपाध्यक्ष सुवास नेम्वाङ तथा नेता कृष्णगोपाल श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठसँगै विजुक्छेँ निवास पुगेर नेमकिपा अध्यक्ष विजुक्छेँको पत्नी शोभा प्रधानप्रति आज श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो । क्यान्सर रोगको उपचारको क्रममा विजुक्छे पत्नी शोभाको हालै निधन भएको थियो ।

भेटमा ओलीले नेपालमा जटिल रोगका औषधिको सहज उपलब्धता हुन नसक्नु दुःखद अवस्था रहेको बताउँनुभयो । क्यान्सर रोगको औषधि नेपालमा उपलब्ध पाउन कठिन रहेको र सरकारले कुनै पहल नगर्दा निःशुल्क पाउन सकिने औषधिबाट नेपाली बञ्चित हुन परेको विजुक्छेंले सो अवसरमा अध्यक्ष ओलीलाई जानकारी गराउनुभयो । विजुक्छेँले आमनागरिकलाई विभिन्न खालका स्वास्थ्य शिविर सञ्चालन गरी प्रत्यक्ष रुपमा नेपालीलाई स्वास्थ्य सुविधा दिनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।