८ मंसिर २०८१, शनिबार 1732350577
Banner

सरकारमा सहभागि मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने जसपाको तयारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउने भएको छ ।

पार्टीको कार्यालय सचिव प्रकाश अधिकारीका अनुसार पार्टीले मन्त्रीलाई फिर्ता बोलाएको छ। मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी भएको उहाँले बताउनुभयो ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्। स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको मन्त्री पद भने यथावत नै रहने बुझिएको छ । नयाँ मन्त्रीमा इस्तियाक राई र प्रदीप यादवको नाम चर्चामा छ ।