२४ मंसिर २०८१, सोमबार 1733797466
पालिका

नेपाल भाषा संस्कृतिको उत्थानमा अतुलनीय योगदान पु¥याएको भन्दै पूर्व मेयर शाक्य सम्मानित

काठमाडौं । विश्वव्यापी नेवाःहरुको संगठन वल्र्ड नेवाः अर्गनाईजेशन नेपाल च्यापटरले काठमाडौं महानरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई सम्मान गरेको छ । शुक्रवार राजधानीमा आयोजित नेवाः पहिचान र विविध आयाम विषयक राष्ट्रिय गोष्ठीमा अर्गनाईजेशनले पूर्व प्रमुख शाक्यलाई सम्मान गरेको हो ।

नेपाल भाषा, संस्कृति र साहित्यको उत्थानमा अतुलनीय योगदान पु¥याएको उल्लेख गर्दै काठमाडौं महानगरपालिका निर्वतमान मेयर विद्यासुन्दर शाक्यलाई सम्मान गरेको हो । सो अवसरमा कार्यक्रमको प्रमुख अतिथी रहेको यसंघीय मामिला तथा सामान्य प्रशासन राजेन्द्र श्रेष्ठले दोसल्ला ओढाई शाक्यलाई सम्मानपत्र प्रदान गरे भने यनेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले शाक्यलाई फुलमाला लगाई दिएका थिए ।

समारोहमा मन्त्री श्रेष्ठले शाक्यले नै मेयर हुँदा मुलुकमै पहिलो पटक महानगरपालिकाले ‘येँ देय् म्हसिके’ काठमाडौं चिनौं स्थानीय पाठ्यक्रम बनाएर नेपाल भाषाको माध्यमबाट सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्म पठनपाठन गराउन कार्यको शुरुआत गरेको बताए । मन्त्री श्रेष्ठले शाक्य मेयर छँदा संस्कृति सम्पदा जोगाउन गरेको कामको खुलेर प्रशंसा गरेका थिए । सोही अवसरमा नेपाल भाषाको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएका नागरिक अभियन्ता शाक्य सुरेन लाई पनि सम्मान गरिएको थियो ।

पूर्व प्रमुख शाक्यले आफू सानैदेखि भाषिक र सांस्कृतिक समानताको आन्दोलनमा लागेकोले यस क्षेत्रका मुद्दा, भावना चाहनासंग परिचित भएकोले मेयर हुँदा सबैको सामूहिक प्रयासमा त्यसलाई कार्यरुप दिन अधिकत्तम प्रयास गरेको बताए । ‘हिजोलाई सम्झिएर, इतिहासलाई बुझेर र भविष्यको आकंलन गरी संस्कृति, सम्पदा, भाषा, साहित्यको क्षेत्रमा नीतिगत रुपमा नै काम अघि बढाएका छौं।त्यसैको धरातलमा टेकेर अहिले झन्डै ८० प्रतिशत नीति तथा कार्यक्रममा समेटिएको छ ।’ उहाँले भन्नुभयो ‘ मैले भन्दै आएको जनताको कमन सेन्स, चाहनाको आधारमा नीतिगत रुपमा सम्बोधन गरिसकेको कार्यक्रमलाई उल्टाउने काम गरेमा म चुपचाप बस्दिन ।’