३ भदौ २०८३, बुधबार 1787165870
Banner

मोटरसाइकल मर्मत गरेरै काठमाडौंमा घर र छोरालाई अमेरिका पढाउन सफल मालती (भिडियो)

काठमाडौं । ललितपुरको पुल्चोकस्थित नारायण अटो वर्कंसमा विगत १५ बर्षदेखि मोटर साइकल मर्मत गर्दै आएकी छन् मालती पुरी । श्रीमानलाई सामान्य सघाउन सुरु गरेको मोटर साइकल मर्मत अहिले उनको व्यवसाय बनेको छ । ४७ वर्षीय मालती बिग्रिएका पुराना र नयाँ मोटर साइकल हरेक दिन मर्मत गर्न खटिरहेकी हुन्छिन् । प्राय मधेशी मुलका व्यवसायीहरुले धानेको यो पेशामा उनी पहाडे समुदाय त्यसमा पनि महिला कामदारका रुपमा आफूलाई प्रमाणित गर्दै लगेकी छन् । शुरुका दिनमा बिग्रिएका बाईक बनाउन आउनेहरुले महिलाले बनाएको दहो, राम्रो हुँदैन भनेर अलि विश्वास नगरेपनि अहिले भने केटी मान्छेले मिहेनत गरेर काम गर्छन भन्दै कतिपय टाढाबाट पनि धाएर मोटरसाइकल बनाउन आउने गरेको उनले सुनाईन् ।

अहिले बाइक बनाएर मासिक एकलाख सम्म आम्दानी गर्ने गरेको उनी बताउँछीन । भन्छिन, ‘यसैको कमाइले हामीले काठमाडौंमा घर र छोरालाई अमेरिकासम्म पढाउन सफल भएका छौ ।’ काम गर्न सीप र जाँगर भए विदेशमा सामान्य काम गर्न जानु नपर्ने उनको तर्क छ ।