२४ मंसिर २०८१, सोमबार 1733798753
Banner

चुनावको समिक्षा र थप रणनीति बनाउन एमाले भोलि सचिवालय बैठक बोलायो

काठमाडौ – नेकपा एमालेले स्थानीय तह निर्वाचनको समिक्षालाई निरन्तरता दिंदै आउदो आइतबार सचिवालय बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनु भयो ।

एमाले स्रोतका अनुसार अघिल्लो बैठकले स्थानीय तह निर्वाचनको प्रारम्भिक समिक्षा मात्र गरेकोले पर्सीको बैठक थप तथ्य र प्रमाणका आधारमा विस्तृत समिक्षा हुनेछ । यसैगरी आसन्न संघीय र प्रदेशको निर्वाचनको तयारीका बारेमा बैठकमा प्रारम्भिक छलफल सुरु हुने एमालेले जनाएको छ । यस्तै बैठकले केन्द्रीय बिभागहरुमा थप सदस्यहरुको मनोनयन र सचिव समेत तोक्ने तयारी रहेको एमालेले जनाएको छ ।