२० आश्विन २०८१, आइतबार 1728224044
Banner

नयाँ मन्त्रीको सपथ दिउँसो ४ बजे


काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरिएको छ ।

राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार ४ बजे नयाँ मन्त्रीको सपथको समय तय भएको छ । जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाएपछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो । नयाँ मन्त्रीमा भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदीपकुमार यादवलाई सिफारिस गरेको छ ।