७ मंसिर २०८१, शुक्रबार 1732296073
समाचार

चट्याङ लागेर प्यूठानमा दुई बालकको मृत्यू,नौ जना घाइते

प्यूठान -प्युठानको ऐरावती गाउँपालिका वडा नं ६ बिजुलीकोटमा चट्याङ लागेर दुईजना बालकको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । सो घटनामा परेर स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

सोमबार राति परेको चट्याङ लागेर घाइते भएका दुवैजनाको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । चट्याङबाट ऐरावतीक(६ का ५ जना र १ दाङवाङ्गका ४ जना गरी ९ जना घाइते भएका छन् । त्यसमध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको थापाले जानकारी दिए । घाइते सबैको जिल्ला अस्पताल बिजुवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।