४ आश्विन २०८१, शुक्रबार 1726831193
Banner

संसद बैठकमा अर्थमन्त्री शर्माले आफ्ना धारणा राख्ने, एमालेले बहिष्कार गर्ने


काठमाडौं । विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा आफ्ना धारणा राख्ने भएका छन्। तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालले अर्थमन्त्री जनार्दन शर्मालाई संसद्को रोष्ट्रममा बोल्न नदिने भएको छ । बजेट निर्माण प्रकृयामा अनाधिकृत व्यक्तिको संलग्नता र उक्त घटना लुकाउन सिसिटिभी फुटेजसमेत डिलिट गरेका अर्थमन्त्री जनार्दन शर्मा संसद्मा बोलन लागेपछि एमालेले अनरोध गर्न लागेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका क्रममा विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दर लगायतका विषय हेरफेर गर्ने अर्थमन्त्री शर्मालाई संसद्को रोष्ट्रम प्रयोग गर्न नदिने बताउनुभयो ।

अर्थमन्त्री शर्माले प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्ना कुरा राख्ने सूचना आएको भन्दै भट्टराईले त्यसो गरिए अवरोध हुने बताउनुभयो ।
बुधबार बिहान ११ बजेका लागि बोलाइए पनि एक घण्टा ढिलो हुँदासमेत बैठक सुरु भएको छैन ।