२६ भदौ २०८३, शुक्रबार 1789145543
Banner

संसदीय समिति गठन र अर्थमन्त्री बर्खास्त एमालेको बटमलाइन

काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन र मन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग राखेको छ ।

बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताउनुभयो।

उहाँले सरकारी डकुमेन्ट गायब बनाएको र सिसिटिभी फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको बताउनुभयो। उक्त घटनाका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरूको अर्को माग गरेको उहाँको भनाई छ । उहाँले छानबिन समिति गठन भए पनि अर्थमन्त्री पदमा बस्न नमिल्ने बताउनुभयो ।