१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:27 am
समाचार

अरिङगालले टोकेर एकको मृत्यु

सूचना प्रेस २०७९ असार २२ बुधबार ००:००, १८:४८ बजे १ मिनेट पढाइ

सल्यान — सल्यानमा अरिङगालले टोकेर एक बालकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका ४ बस्ने ललित रानाको ७ वर्षीय छोरा देवदर्शन रानाको मृत्यु भएको हो ।बुधबार दिउँसो बाख्रा चराउन घर नजिकै खेतबारीमा गएको बेला बालक रानालाई अरिङगालले टोक्दा घाइते भएका थिए ।

रानाको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताएका छन् ।

उनका अनुसार बालक रानालाई धेरै वटा अरिङगालले एकै पटक टोकेका थिए । बस्ती नजिकै जंगलमा अरिङगालको गोला भएकाले अरुलाई पनि टोक्ने खतरा बढेको भन्दै जलाएर मार्न स्थानीयले सम्बन्धित निकाय समक्ष आग्रह गरेका छन् ।