काठमाडौं । नेपाल प्रहरीले संघ र प्रदेशको निर्वाचन दुई चरणमा गर्न सरकारलाई सुझाव दिएको छ ।
केन्द्रीय सुरक्षा समितिको वैठकमा प्रहरीले यस्तो सुझाव दिएको छ । दुई चरणमा गर्दा सुरक्षा व्यवस्था बलियो र शान्तिपूर्ण हुने प्रहरी ठहर छ ।
निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।
यसअघि ०७४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा भएको थियो भने ०७९ वैशाख ३० मा एकै चरणमा स्थानिय तह निर्वाचन गरिएको थियो ।प्रहरीका एक उच्च अधिकारीले भने,“यसपालि एकै चरणमा स्थानीय तहको निर्वाचन गर्दा सुरक्षा व्यवस्थापनमा निकै समस्या भयो । भगवान भरोसामै चुनाव भयो । तर सधैं यसरी हुँदैन । सुरक्षा चुनौती आउन सक्छन् । यसका लागि चाहिए जति जनशक्ति हामीसँग छैन ।”
आफुहरुले सुझाव दिएको र त्यसलाई मान्ने नमान्ने काम सरकारको भएको प्रहरी अधिकारी बताउँछन् ।