१३ असार २०८३, शनिबार 1782579280
Banner

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश,” निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिनु”

काठमाडौँ — वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकको रूपमा कामकाज गर्न रोक लगाउँदै सर्वोच्चले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन अल्पकालीन आदेश गरेको हो ।अधिकारीले २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो ।

उनलाई ४ वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा उनलैलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।