काठमान्डौ: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
आज परीक्षणका क्रममा उहाँलाई सङ्क्रमण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा बसेर स्वास्थ्यलाभ लिइरहनुभएको छ ।