१९ आश्विन २०८३, सोमबार 3:22 pm
Banner

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौं ओर्लिए

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्। उनी केहीबेर अघि त्रिभुवन विमानस्थल आइपुगेका हुन्।

उनी चार दिनसम्म नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।

चिनियाँ टोलीले यसअघि परराष्ट्र मन्त्री नारायण खड्कासहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भर्चुअल संवाद गरेका थिए।