२६ भदौ २०८३, शुक्रबार 1789116412
Banner

नागरिकता संशोधन विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं । सरकारले ल्याएको नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेश भएको छ । नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन् ।

विरोधको सूचना दर्ता गर्नु पर्नाको कारण खुलाउँदै सांसद रावलले राज्य व्यवस्था समितिले तीन बर्ष छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा उक्त विधेयक फिर्ता लिएर अर्को नयाँ ल्याएर राज्य व्यवस्था समितिकै अवहेलना भएको जिकिर गरेका थिए ।अर्का सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्मविपरीत भएको भन्दै असमान व्यवहारसहितको विधेयक आएको भन्दै असहमति जनाएका थिए ।