७ असार २०८२, शनिबार 1750516129
Banner

उपसभामुखमा पुष्पा भुसाल र विद्या भट्टराईको मात्र उम्मेदवारी


काठमाडौं । शुक्रबार हुने प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको चुनावमा कांग्रेस र एमालेका दुईजना शसक्त महिला नेतृहरु भिड्ने भएका छन्।

संघीय संसद सचिवालयका अनुसार तोकिएको समय भित्रमा दुई जना उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन्।

उपसभामुखमा गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बाट सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन्। भुसालले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थनमा मनोनयन दर्ता गराएकी छन भने भटटराईले प्रस्तावकमा प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन्। २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन्। यसपटक भने संसदमा गठबन्धनको प्रष्ट बहुमत भएकाले भुसाल उपसभामुख हुने प्राय निश्चित छ । मतदान भोलि हुने संसद सचिवालयले जनाएको छ ।