काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा विपक्षी दलले नेतृत्व गर्नुपर्नेमा गठबन्धनको छाँया परेको भन्दै आक्रोष व्यक्त गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्रप्रसाद गौतमले भन्नुभयो, ‘विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यास अनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने हो तर प्रमुख प्रतिपक्षिदललाई वाईपास गर्ने काम भएको छ ।’
संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने उहाँको तर्क थियो ।