२२ भदौ २०८३, सोमबार 1788807814
Banner

काठमाडौं उपत्यकाको चुनावमा विद्युतीय मेसिन प्रयोग गर्नेबारे विज्ञसँग निर्वाचन आयोगको छलफल

काठमाडौं – निर्वाचन आयोगले काठमाडौं उपत्यकाको स्थानीय चुनावमा विद्युतीय मेसिनको प्रयोग गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गरेको छ। बुधबार आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनमार्फत् भोटिङ गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले सरकारका आइटी विज्ञहरूलाई बोलाएर छलफल गरेको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले विद्युतीय मेसिनबाट चुनाव गराउन लागिहालेको भन्ने होइन । नेपाल सरकारका विभिन्न क्षेत्रमा आइटीसँग सम्बन्धित विज्ञहरूसँग बसेर के गर्न सकिन्छ त, सम्भावना छ कि छैन भनेर छलफल गरेको प्रवक्ता पौडेलले बताउनुभयो । आयोगले विज्ञहरुको सुझाबपछि केही दिनमा निर्वाचन कार्यतालिका घोषणागर्ने तयारी थालेको छ ।