काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद थप्ने सरकारले निर्णय गरेको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुवै आयोगको म्याद तीन महिना थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
दुवै आयोगको पछिल्लोपटक थपिएको म्याद यही असार मसान्तमा सकिँदै छ ।