२९ भाद्र २०८१, शनिबार 1726343766
Banner

बाबुराम र उपेन्द्को विवाद उत्कर्षमा, जसपा फुट्ने संकेत

काठमाडौं। जनता समाजवादी पार्टी फुटको अवस्थामा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र अर्का नेता डा. बाबुराम भट्टराईबीचको विवाद उत्कर्षमा पुगेपछि फुटको अवस्थामा पुगेको हो । यादव पक्षधरले पार्टीमा एकलौटी निर्णयहरु गर्न थालेको भन्दै भट्टराई पक्ष असन्तुष्ट छ । प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई यादव पक्षधरले अन्तर्घात गरेको विषयले पनि विवाद बढाएको छ ।

भट्टराईले केन्द्रीय कमिटीमा बहुमत बनाउने प्रयास मा हुनुहुन्छ । उहाँले बहुमत बनाउन नसके अलग पार्टी बनाउने तयारी गर्नुभएको स्रोतको दाबी छ ।

भट्टराईलाई कृषिमन्त्री महेन्द्र राय यादव, अर्का नेता मोहम्मद इस्तियाक राई, रामनरेश यादवलगायतले साथ दिइरहेका छन् । यादवलाई भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, मृगेन्द्रकुमार सिंह यादव, विजय यादवको साथ छ ।