काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान पुनः भेटघाट भएको हो ।
सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिति रहेको थियो । शुक्रबार साँझ दुतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो ।
भेटलाई एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीपत्नी आरजू राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाँडको भद्दा झल्को दिन्छ।’
२०७३ मा केपी ओलीलाई अपदस्थ गर्नुअघि शेरबहादुर देउवा र कृष्णबहादुर महराबीच पनि दिल्लीमै ‘भेटघाट’ भएको उनले दाबी गरेका छन्।
‘सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बॉडफॉटको अन्तिम टुंगो लगाउने र हालै काठमाडौंमा भएका वार्ताहरूको विवरण बुझाउने उद्देश्य सफल हुँदा प्रचण्ड(देउवाहरू त खुसी होलान्’ उनले भनेका छन्, ‘तर, यस्ता कुरूप दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शिर निहुरिएको छ।’
प्रचण्ड र आरजूको भारत भ्रमण सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बाँडफाँडको अन्तिम टुंगो लगाउने र हालै काठमाडौंमा भएका वार्ताहरूको विवरण बुझाउने उद्देश्यको मात्रै भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री पत्नी आरजु र माओवादी अध्यक्ष प्रचण्डको दिल्लीमा भएको यो भेटघाटको सामाजिक सञ्जालमा पनि तिब्र आलोचना भइरहेको छ ।