२७ जेष्ठ २०८३, बुधबार 1781078462
समाचार

पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु

काठमाडौं। पर्वतमा करेन्ट लागेर एक वडा सदस्यको मृत्यु भएको छ। 

जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दीपक गुरुङको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो। गुरुङ गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा विजयी हुनुभएको थियो।

३९ वर्षीय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो। 

मृतकको शव परीक्षणका लागि पर्वत अस्पतालमा ल्याइएको छ। कपडा सुकाउने तारमा विद्युतको करेन्ट प्रवाह भएकाले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती हुनुहुन्छ।