७ मंसिर २०८१, शुक्रबार 1732326540
Banner

प्रचण्डको दिल्ली भ्रमणमा रावलको टिप्पणी ‘झुकनीतिको आसे र दासे प्रवृति’

काठमाडौ -माओवादी अध्यक्ष प्रचण्डको दिल्ली भ्रमणलाई एमाले नेता भीम रावलले ‘झुकनीतिको आसे र दासे प्रवृति’ को संज्ञा दिनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै रावलले आफ्नो भ्रमणबाट देशले के पायो भन्दा पनि आफूले के कस्तो सम्मान पाए भनेर स्वयं प्रशंशा गर्नु हास्यास्पद भएको रावलको टिप्पणी छ । भारतीय काँग्रेसको पछि लाग्दा भारतीय कम्यूनिष्ट पार्टीको अवशान भएको कुरा नेपाली नेताले बुझ्नु पर्ने रावलको सुझाव छ ।


प्रचण्डको दिल्ली भ्रमणका बारेमा रावलले लेख्नु भएको छ ‘झुकनीतिको आसे र दाशे प्रवृतिबाट देशको कुटनीति मुक्त हुनुपर्दछ । देशले के उपलब्धी पायो भनी मूल्यांकन नगरी कति मान,सेवा,सुविधा दिइयो भन्ने उडन्ते चरित्र । भारतीय काँग्रेसको पछि लाग्दा कम्यूनिष्ट पार्टीको अवसानबाट नेपाली नेताले सिक्ने कि ?’