२५ भदौ २०८३, बिहिबार 1789104266
Banner

एमाले अध्यक्ष ओली र फ्रान्सेली राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय च्यासलमा पुगेर राजदूत बुर्बाओले अध्यक्ष ओलीसँग आज मध्यान्ह भेटवार्ता गरेका हुन्।

उक्त भेटमा दुई देशबीचको आर्थिक-व्यापारिक सम्बन्ध विस्तारसहित अन्य राजनीतिक विषयमा पनि कुरा भएको बताइएको छ।

भेटका क्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र इजरायलका लागि पूर्व नेपाली राजदूत अञ्जान शाक्य पनि सहभागी हुनुहुन्थ्यो ।