२५ भदौ २०८३, बिहिबार 1789100688
Banner

विद्या सुन्दर शाक्यले झिकाएका तीन वटा दमकल काठमाडौं आईपुगे


काठमाडौं । काठमाडौं महानगरपालिकाका ततकालिन मेयर विद्यासुन्दर शाक्यले झिकाएका तीन वटा दमकल काठमाडौं आईपुगेका छन् । ईन्डोनेशियाबाट खरिद गरिएका ती दमकल आज विहान काठमाडौं आईपुगेको मेयर बालेन शाहले बताएका छन् ।

मेयर बालेन शाह ले भनेका छन,–‘यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको दमकल आज आईपुगेका छन् ।’ पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर शाहले बताए।

आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले बताए।